धरान ।  धरान उपमहानगरका नगरप्रमुख हर्कराज साम्पाङले स्वतन्त्रताको पक्षमा स्पष्ट र दृढ सन्देश दिएका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको एक अभिव्यक्तिमा उनले जीवनभन्दा स्वतन्त्रता महत्वपूर्ण रहेको जनाएका छन्।

“मृत्यु स्वीकार छ तर पराधीनता स्वीकार गर्दिन,” साम्पाङले लेखेका छन्, “मेरो पूर्खाले मलाई झुक्न सिकाएन, आँधी देखेर लुक्न सिकाएन।”

advertisement

उनले इमानदारी र परिश्रमप्रति आफ्नो प्रतिबद्धता पनि दोहोर्‍याएका छन्। “मेहनतले फलाएर खान्छु म, कसैलाई लुट्न सिकाएन,” भन्ने अभिव्यक्तिमार्फत उनले भ्रष्टाचार र अनैतिक व्यवहारको विरोध जनाएका छन्।

आफ्नो शारीरिक बनोटको चर्चा गर्दै साम्पाङले विचार र दर्शनले मानिसको मूल्य निर्धारण हुनेतर्फ संकेत गरे। उनले भने, “हो म पुड्को छु तर मेरो बिचारले आकाश छोएको छ। हो म यस्तै छु।”

स्थानीय तहको राजनीतिमा स्पष्ट बोली र सादगीपूर्ण जीवनशैलीका कारण चर्चामा रहेका साम्पाङ सामाजिक मुद्दाहरूमा बेलाबेलामा यस्तो भावुक र सन्देशमूलक अभिव्यक्ति दिँदै आएका छन्।

प्रकाशित मिति: १८ श्रावण २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com