काठमाडौं । ठमेलस्थित नगरकोट दोहोरी साँझमा भएको झडपको घटनामा संलग्न भएको आरोपमा ओम्निया क्लबका सञ्चालक राजेन्द्र गुरूङलाई प्रहरीले पक्राउ गरेको छ।
शनिबार काठमाडौंको म्हेपी क्षेत्रबाट उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज अधिकारीले जानकारी दिए। उनका अनुसार सञ्चालक गुरूङले सानुभाइ भनिने युवराज गुरूङको समूहसँग झगडा गरेका थिए।
साउन १४ गते राति ठमेलमा दुई समूहबीच झडप भएको खबरपछि प्रहरीले हस्तक्षेप गर्दै तीन जनालाई नियन्त्रणमा लिएको थियो। पक्राउ पर्नेमा सानुभाइ भनिने युवराज गुरूङ, रविन्द्र गुरूङ र दिलकुमार गुरूङ छन्। सानुभाइ पक्षका अन्य सदस्यहरू भने प्रहरी पुग्दासाथ फरार भएका थिए।
प्रहरी स्रोतका अनुसार दुई पक्षबीच पुरानो रिसइबीका कारण विवाद भएको हो। गत वर्ष असार १५ गते ओम्निया क्लबमै युवराज गुरूङ (सानुभाइ) ले सञ्चालक राजेन्द्र गुरूङमाथि हातपात गरेका थिए। त्यस घटनापछि सानुभाइलाई प्रहरीले पक्राउ गरे पनि पछि धरौटीमा रिहा गरिएको थियो।
हाल प्रहरी वृत्त सोह्रखुट्टेले राजेन्द्र गुरूङलाई हिरासतमा राखी थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित मिति: १८ श्रावण २०८२, आइतबार













प्रतिक्रिया