काठमाडाैं  ।  रूपन्देहीको सियारी गाउँपालिकामा आइतबार बिहान भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ, भने अर्का एक जना गम्भीर घाइते भएका छन्। मृतक र घाइते बाबु–छोरा रहेको प्रहरीले पुष्टि गरेको छ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका डिएसपी गणेश सापकोटाका अनुसार सियारी गाउँपालिका–७, भर्थापुरमा भएको दुर्घटनामा मायादेवी गाउँपालिका–७, गर्गटी निवासी ६० वर्षीय राम मिलन धवलको ज्यान गएको हो।

advertisement

उनका छोरा ३० वर्षीय विनोद धवलले चलाएको मोटरसाइकल अनियन्त्रित भई आफैं दुर्घटनामा परेको थियो। दुर्घटनामा घाइते भएका दुबै जनालाई उपचारका लागि अस्पताल पुर्‍याइएको भए पनि बाबु राम मिलन धवलको उपचारका क्रममा मृत्यु भएको हो ।

छोरा विनोदको भैरहवास्थित सिटी अस्पतालमा उपचार भइरहेको छ। उनको टाउको, हात र खुट्टामा चोट लागेको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ।

प्रकाशित मिति: १८ श्रावण २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com