काठमाण्डौं ।  नेकपा एमालेको जनसंगठन नेपाल खेलकुद महासंघको नवौं कन्द्रीय पदाधिकारी बैठकले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न एमाले नेतृत्वमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको विकल्प नरहेको निष्कर्ष निकालेको छ । महासंघको केन्द्रीय कार्यालय मध्यबानेश्वरमा बसेको केन्द्रीय पदाधिकारी बैठकले नेकपा एमालेको नवौँ केन्द्रीय बैठकले समकालीन नेपाली राजनीति एमाले बिना र एमाले नेतृत्व ओली बिना पूरा नहुने भन्दै पार्टीको नवौँ केन्द्रीय बैठकले जारी गरेको अन्तरपार्टी निर्देशनलाई अनिवार्य कार्यान्वयन गर्न तल्लो तहसम्म सर्कुलर गर्ने निर्णय गरेको हो ।

महासंघको अध्यक्ष पर्शुराम बस्नेतको अध्यक्षतामा सम्पन्न बैठकले राष्ट्रिय खेलकुद ऐन सम्बन्धमा महासंघको धारणा निर्माण गर्न उपाध्यक्ष धर्म कुमार श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय अध्ययन उप-समिति गठन गर्ने निर्णय समेत गरेको छ ।

advertisement

त्यस्तै, बैठकले महासंघको दोस्रो केन्द्रीय सचिवालय बैठक भदौ २२ गते र पाँचौ केन्द्रीय कमिटी बैठक भदौ १३ गते काठमाण्डौँमा गर्ने निर्णय गरेको महासंघका कोषाध्यक्ष तथा प्रवक्ता उज्ज्वल सुवेदीले जानकारी दिए।

सुवेदीले बैठकले महासंघ स्थापना दिवसको अवसर पारेर मङ्सिर १४ गते विभिन्न घटक खेल संघको आयोजनामा बृहत खेलकुद प्रतियोगिता आयोजना गर्ने एवम् सम्पूर्ण मातहतका कमिटीलाई अनिवार्य रूपमा न्यूनतम एक खेलकुद प्रतियोगिता आयोजना गर्न निर्देशन दिइएको बताए ।

महासंघका अध्यक्ष बस्नेतले केन्द्रीय पदाधिकारी बैठक पश्चात महासंघ पदाधिकारी, एमाले केन्द्रीय कमिटी सदस्य तथा महासंघ इन्चार्ज जगन्नाथ थपलिया र बागमती अध्यक्ष कैलाश ढुङ्गेल सम्मलित टोलीले बैठकका निर्णयहरू र महासंघका गतिविधि सम्बन्धका विषयहरू बारेमा एमाले अध्यक्ष ओलीलाई जानकारी गराएको बताए।

 

प्रकाशित मिति: १८ श्रावण २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com