काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आइतबार उच्च अङ्कको गिरावट देखिएको छ। नेप्से परिसूचक ६३.७३ अङ्कले घटेर २,८५८.९० बिन्दुमा झरेको छ। यो गिरावट २.१८ प्रतिशतको हो।
आज ३१९ कम्पनीका ३ करोड २२ लाख ६० हजार ३४१ कित्ता शेयर १ लाख ५२ हजार ५१८ पटक किनबेच भएका छन्। कुल कारोबार रकम १३ अर्ब ७ करोड ५० लाख रुपैयाँ पुगेको छ।
कारोबार भएका सबै समूहको उपसूचकमा गिरावट आएको छ। सबैभन्दा धेरै लघुवित्त समूहमा ३.०५ प्रतिशतको गिरावट आएको छ। बैंकिङ समूह २.२७, लगानी २.१९, जीवन बीमा २.१६ र उत्पादन तथा प्रशोधन समूह २.४३ प्रतिशतले घटेका छन्।
त्यस्तै, विकास बैंक र वित्त समूह दुबैमा १.६६ प्रतिशतको गिरावट आएको छ भने होटल तथा पर्यटन १.१७, जलविद्युत् १.३०, म्युचुअल फण्ड १, निर्जीवन बीमा १.७३ र व्यापार समूह १.४३ प्रतिशतले ओरालो लागेको छ।
आजको कारोबारमा ट्रेड टावर लिमिटेड र शिवश्री हाइड्रोपावर लिमिटेडका शेयरमा सकारात्मक सर्किट लागेको छ। सान्भी इनर्जी लिमिटेडमा भने नकारात्मक सर्किट लागेको छ।
कारोबार रकमका आधारमा नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा छ। यस कम्पनीको ७५ करोड ३९ लाख ६४ हजार ८६५ रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार संख्याका हिसाबले सनराइज ब्लुचिप फण्डको सबैभन्दा धेरै-१२ लाख ४९ हजार ४१६ कित्ता-शेयर किनबेच भएको छ।
प्रकाशित मिति: १८ श्रावण २०८२, आइतबार













प्रतिक्रिया