काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी भित्र गल्ती गर्ने सबैले आत्मालोचना गर्नुपर्ने स्पष्ट बताएका छन्। आइतबार स्थायी समिति बैठक सकिएपछि सञ्चारकर्मीको प्रश्नको उत्तर दिन गएका प्रचण्डले यस्तो प्रतिक्रिया जनाएका हुन्।
प्रचण्डले भने, “बैठक अहिले चलिरहेको छ। जसले गल्ती गर्यो उसले आत्मालोचना गर्नुपर्छ।”
बैठकको सुरुमा उपमहासचिव जनार्दन शर्माले पार्टीको आन्तरिक विषय बाहिर लिने व्यवहारप्रति आलोचना गर्दै आत्मालोचना गर्न सचेत गराएका थिए। यो विषयमा अध्यक्ष प्रचण्डले पनि जवाफ फर्काएका थिए।
यसैबीच, जनार्दन शर्माले आजको बैठकमा प्रचण्डले आत्मालोचना गरे आफू पनि गर्न तयार रहेको प्रतिक्रिया दिएका छन्। पार्टीभित्रको यस प्रकारको आत्मालोचनाको आवश्यकताले आन्तरिक सुधारतर्फ संकेत गरेको ठहर गरिएको छ।
प्रकाशित मिति: १८ श्रावण २०८२, आइतबार













प्रतिक्रिया