काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले समावेशीताको अवधारणा विशेषज्ञता आवश्यक पर्ने क्षेत्रहरूमा उपयुक्त नहुने बताएका छन्। आइतबार काठमाडौंमा आयोजित पुस्तक लोकार्पण समारोहमा उनले समावेशीतालाई केवल राजनीतिक पदमा प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था भन्दै विवादास्पद टिप्पणी गरेका हुन्।

पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठद्वारा लेखिएको पुस्तक ‘लोकतन्त्र र जनअभिमत : नेपालको निर्वाचन इतिहास’ को विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, “यो समावेशीता भनेको पोलिटिकल पदमा पुग्नका लागि मात्रै हो, कुनै कामको कुरा होइन।”

advertisement

उनले समावेशीताबाट डाक्टर वा इन्जिनियर नबन्ने जिकिर गर्दै आरक्षणभन्दा क्षमता अभिवृद्धिमा जोड दिनुपर्ने बताएका हुन्। “हामीले महिला, दलित, वा पछाडि परेका वर्गलाई शिक्षाद्वारा सशक्त बनाउनुपर्छ, न कि आरक्षणमार्फत मात्र पदमा पुर्‍याउन,” ओलीले स्पष्ट पारे।

उनले अन्तर्राष्ट्रिय उदाहरण प्रस्तुत गर्दै कोस्टारिका र क्युबामा महिलाको प्रतिनिधित्व बढ्नु आरक्षण नभएर सशक्तीकरणको परिणाम भएको दाबी गरे।

प्रकाशित मिति: १८ श्रावण २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com