काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीभित्र गल्ती गर्नेले आत्मआलोचना गर्न आवश्यक रहेको बताएका छन्।
आइतबार पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले अहिले पार्टीभित्र व्यापक छलफल चलिरहेको उल्लेख गर्दै जो–कोहीले गल्ती गरेमा आत्मआलोचना गर्नुपर्ने बताएका हुन्। “अहिले छलफल चलिरहेको छ। जसले गल्ती गर्यो, उसैले आत्मआलोचना गर्नु पर्छ,” प्रचण्डले संक्षिप्त जवाफ दिए।
उक्त बैठकमै माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले अध्यक्ष प्रचण्डको आलोचना गर्दै पार्टीको हालको अवस्था प्रति असन्तुष्टि व्यक्त गरेका थिए। उनले प्रचण्डको कार्यशैलीकै कारण अघिल्लो निर्वाचनमा प्राप्त ३१ लाख मत खुम्चिएर ११ लाखमा झरेको आरोप लगाएका थिए।
पार्टीभित्र बढ्दो असन्तोष र नेतृत्वप्रति उठिरहेका प्रश्नहरूको पृष्ठभूमिमा प्रचण्डको यो अभिव्यक्ति आएको हो। स्थायी कमिटी बैठक अझै जारी छ, र नेतृत्वमा समीक्षा र आत्मसमालोचनाको माग चर्किंदै गएको छ।
प्रकाशित मिति: १८ श्रावण २०८२, आइतबार













प्रतिक्रिया