काठमाडौं ।  नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले सङ्घीय लोकतान्त्रिक मोर्चाको एकता जोगाइराख्नुपर्ने बताएका छन्। आइतबार काठमाडौँमा आयोजित मोर्चाको कार्यक्रमलाई सम्बोधन गर्दै उनले मोर्चा अब फुट्नु नहुने स्पष्ट पारे।

चौधरीले जनताका मुद्दालाई केन्द्रमा राख्दै मोर्चाले ठोस निर्णय लिनुपर्नेमा जोड दिए। “अब ढिलो गर्नुहुन्न, निर्णय लिएपछि ठोस लिनुपर्छ,” उनले भने, “सबैतिरबाट लालच राख्यौँ भने लालचकै पोखरीमा डुब्छौँ।”

advertisement

उनले विगतमा मोर्चाका नेताहरू अपहेलित भएको उल्लेख गर्दै अबको चुनौती सम्मानित बन्ने मार्ग खोज्नु रहेको बताए। चौधरीले आत्मसुधार र जनताप्रति समर्पण अपरिहार्य भएको बताउँदै भने, “पहिला आफू सच्चिएर जनताका लागि त्याग गर्न सकिन्छ कि सकिँदैन, सोच्नुपर्छ।”

आगामी निर्वाचनमा जनताको विश्वास कसरी जित्ने भन्नेमा मोर्चाका नेताहरू गम्भीर हुनुपर्ने उनको भनाइ थियो। “धेरै पछि एउटै मोर्चामा जुटेका छौँ, फेरि छुट्ने प्रयत्न नगरौँ,” उनले जोड दिए।

उनले मोर्चाका नीति र सिद्धान्तहरू एउटै बनाएर अघि बढ्नुपर्नेमा पनि जोड दिए।

 

प्रकाशित मिति: १८ श्रावण २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com