हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आइतबार पदबाट राजीनामा दिएका छन्। नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका लामाले एक वर्ष ९ दिनको कार्यकालपछि पद त्याग गरेका हुन्।
२०८१ साउन ९ मा मुख्यमन्त्री पदको शपथ लिएका लामा तामाङ समुदायबाट बागमतीको पहिलो मुख्यमन्त्री थिए। उनले पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनमा पदबाट राजीनामा दिएको बताएका छन्।
हेटौंडास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सुशासन हलमा साँझ ६ बजे पत्रकार सम्मेलन गर्दै लामाले आफ्नो कार्यकालको प्रगति विवरण सार्वजनिक गरे।
लामाले आफू इमान्दारिताका साथ काम गरे पनि पार्टीभित्रको षड्यन्त्रका कारण सरकार छोड्नुपरेको दाबी गरे। “मैले भाग्ने होइन,” उनले भने, “तर यो घटनाक्रम लोकतन्त्र र गणतन्त्रका लागि खतराको संकेत हो।”
प्रकाशित मिति: १८ श्रावण २०८२, आइतबार













प्रतिक्रिया