काठमाडाैं । नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई सुम्पिएका छन्।

प्रधानमन्त्री ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन तुर्कमेनिस्तान प्रस्थान गरेपछि उक्त जिम्मेवारी पोखरेललाई दिइएको हो। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, ओलीको अनुपस्थितिमा पार्टीको नेतृत्वको जिम्मा पोखरेलले सम्हाल्ने छन्।

advertisement

गौतमका अनुसार एमालेको संशोधित विधान २०७८ को धारा २१ को उपधारा (२) मा अध्यक्ष अनुपस्थित हुँदा वरिष्ठ उपाध्यक्षले कार्यवाहक अध्यक्षको भूमिका निर्वाह गर्ने स्पष्ट व्यवस्था गरिएको छ।

प्रधानमन्त्री ओली साउन २३ गते, शुक्रबार राति स्वदेश फर्किने कार्यक्रम रहेको एमालेले जनाएको छ।

प्रकाशित मिति: १९ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com