काठमाडौं । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ मा सोमबार बिहान यात्रुवाहक बोलेरो गाडी दुर्घटना हुँदा १८ जना घाइते भएका छन्।
हलेसीबाट तिर्थयात्रा सकेर काठमाडौं फर्किंदै गरेको बोलेरो सवारी अनियन्त्रित भई दुर्घटनामा परेको हो। दुर्घटनामा १६ जना सामान्य घाइते भएका छन् भने २ जनाको अवस्था गम्भीर रहेको खोटाङका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिइन्।
उनका अनुसार घाइतेहरूको उद्धार कार्य जारी छ र प्रहरी टोली घटनास्थलमा खटिएको छ। घाइतेहरूलाई तत्काल उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा पठाइएको छ।
प्रकाशित मिति: १९ श्रावण २०८२, सोमबार













प्रतिक्रिया