काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–६ स्थित मूलपानीमा चिनियाँ दूतावासको गाडी दुर्घटना हुँदा दुई चिनियाँ नागरिक सामान्य घाइते भएका छन्।
आइतबार बिहान करिब १० बजे चिनियाँ दूतावासको ‘११ सिडी ६१९’ नम्बरको गाडी अनियन्त्रित भई पुलबाट खोल्सामा खसेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
गाडीमा सवार ३४ वर्षीया आमा र उनकी छोरी दुवै जनालाई स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा उद्धार गरिएको थियो। उनीहरू दूतावासकै कर्मचारी हुन् वा होइनन् भन्ने विषयमा भने स्पष्ट नभएको प्रहरीले जनाएको छ।
सामान्य चोटपटक लागेका उनीहरूलाई स्थानीय अस्पतालमा उपचारपछि घर फर्काइएको छ। गाडीलाई खोल्साबाट निकालेर सम्बन्धित चालकको जिम्मा लगाइएको ट्राफिक प्रहरीले जानकारी दिएको छ।
प्रकाशित मिति: १९ श्रावण २०८२, सोमबार












प्रतिक्रिया