काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आउँदो साउन २७ गते ‘फ्युचर लिडर्स समिट २०२५’ आयोजना गर्ने भएको छ। अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर आयोजना गरिन लागेको यो समिट रास्वपाको युवा तथा खेलकुद विभागको संयोजनमा हुन लागेको हो।

रास्वपाले दिएको जानकारी अनुसार, समिटको उद्देश्य युवालाई सामाजिक, राजनीतिक र आर्थिक रूपमा सशक्त बनाउने, सीप विकास, डिजिटल पहुँच र साक्षरतामा अभिवृद्धि ल्याउने तथा मानसिक स्वास्थ्यप्रति सचेतना फैलाउने रहेको छ।

advertisement

कार्यक्रम ललितपुरको कुपन्डोल हाइटस्थित म्याक्सिम्स इभेन्टसमा आयोजना हुनेछ। समिटमा देशभरका ७७ वटै जिल्लाबाट प्रतिनिधित्व हुनेगरी युवाहरूको उपस्थिति रहनेछ।

समिटमा युवा उद्यमशिलता, नवप्रवर्तन, डिजिटल साक्षरता, सामाजिक विकास तथा खेलकुद जस्ता विषयमा संलग्न विशिष्ट व्यक्तित्वहरूका प्रस्तुति र छलफल हुनेछ। साथै, विभिन्न उत्पादन तथा उद्यमशीलता प्रवर्द्धन गर्न स्टलहरू समेत राखिने जनाइएको छ।

रास्वपाले यस कार्यक्रममार्फत देशका भावी नेतृत्वकर्ताहरूको पहिचान, सञ्जाल विस्तार र प्रेरणा विकास गर्ने अपेक्षा गरेको छ।

प्रकाशित मिति: १९ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com