काठमाडौं । भिजिट भिसा प्रकरणमा गम्भीर छानबिनको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सोमबारको प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन्। संसदीय विशेष समिति वा उच्चस्तरीय न्यायिक छानबिन समिति गठन नगरिएकोप्रति असन्तुष्टि जनाउँदै दुवै दलका सांसदहरूले बैठक छाडेका हुन्।

सभामुख देवराज घिमिरेले बैठक सुरु भएको घोषणा गरेलगत्तै राप्रपा र रास्वपाका सांसदहरूले उठेर विरोध जनाए। त्यसक्रममा सभामुखले रास्वपाका सांसद अशिम शाहलाई बोल्ने समय दिए। शाहले भिजिट भिसा प्रकरणमा दलीय सहमतिअनुसार छानबिन समिति नबनाइएको भन्दै गम्भीर आपत्ति जनाए। साथै, मन्त्रिपरिषद् सदस्यहरू समेत विभिन्न काण्डमा मुछिएको भन्दै त्यसको समेत निष्पक्ष छानबिनको माग गरे।

advertisement

पछिल्लोपटक राप्रपाका सांसद ध्रुवबहादुर प्रधानले बोल्दै आफ्नो दलले निरन्तर उठाउँदै आएको मागलाई सरकारले बेवास्ता गरेको आरोप लगाए। उनले समिति गठन नभएसम्म सदनमा विरोध जारी राख्ने चेतावनी दिए।

दुवै दलका सांसदहरूका धारणा सार्वजनिक भएपछि उनीहरू बैठक कक्षबाट बाहिरिए। बैठकको सुरुवातमै भएको यस घटनाले भिजिट भिसा प्रकरणमाथि संसदीय तहमा चासो अझ चर्किएको देखिन्छ।

प्रकाशित मिति: १९ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com