काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय सदस्य प्रमिलाकुमारी सिंहलाई पार्टीबाट निष्कासन गरेको छ।
समाजवादी महिला संघकी उपाध्यक्षसमेत रहेकी सिंहमाथि पार्टीको नीति, सिद्धान्त र कार्यविधि विपरीत गतिविधि गरेको आरोप लगाउँदै कारबाही गरिएको हो।
जसपाको केन्द्रीय कार्यालयका सचिव पेशल ढकालद्वारा जारी विज्ञप्तिमा सिंहलाई साधारण सदस्य समेत नरहने गरी आजैदेखि निष्कासन गरिएको उल्लेख छ।
पार्टीले कारबाहीको विस्तृत विवरण भने सार्वजनिक गरेको छैन। सिंहले यसबारे प्रतिक्रिया दिएकी छैनन्।
प्रकाशित मिति: १९ श्रावण २०८२, सोमबार













प्रतिक्रिया