पोखरा ।  नेपाली कांग्रेसका नेता तथा पूर्वमहामन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेससँग गौरवपूर्ण इतिहास मात्र नभई देशलाई आर्थिक तथा सामाजिक रूपले अघि बढाउने क्षमतासमेत रहेको दाबी गरेका छन्।

शुक्रबार पोखरामा नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै सिंहले आगामी दिनमा कांग्रेसले आर्थिक समृद्धिको नेतृत्व गर्नुपर्ने बताए। “राजनीतिक नेतृत्व मात्र होइन, अबको दिनमा आर्थिक क्रान्तिको नेतृत्व पनि कांग्रेसले गर्नुपर्छ,” उनले भने।

advertisement

नेता सिंहले पार्टीलाई संस्थागत रूपमा मजबुत बनाउनुपर्नेमा जोड दिँदै पार्टी नेतृत्व र कार्यकर्तालाई संगठन सुदृढीकरणमा ऊर्जा लगाउन आग्रह गरे।

“पार्टीमा लागेर पार्टीबाट लिनेभन्दा देश र समाजका लागि योगदान गर्ने व्यक्तिहरूलाई नेतृत्वमा ल्याउनुपर्छ,” सिंहको भनाइ थियो।

कार्यवाहक प्रधानमन्त्री समेत भइसकेका सिंहले अहिलेको सत्तारूढ गठबन्धनलाई परिस्थितिको उपज बताएका छन्। उनले राजनीतिक स्थायित्व र आर्थिक रूपान्तरण दुवैको जिम्मेवारी कांग्रेसले बोक्नुपर्ने उल्लेख गरे।

प्रकाशित मिति: १९ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com