काठमाडौं ।  नेकपा (माओवादी केन्द्र)ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग पार्टी एकता गर्ने औपचारिक निर्णय गरेको छ।

माओवादी केन्द्रको हालै सम्पन्न स्थायी समिति बैठकले विप्लव समूहसँग विचार, नीति र संगठनका आधारमा एकता प्रक्रिया अघि बढाउने निर्णय गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।

advertisement

उनका अनुसार दुवै पार्टीबीच लामो समयदेखि संवाद चलिरहेको र अब एकता प्रक्रिया औपचारिक रूपमै अघि बढाइने छ। सापकोटाले भने, “विचार र लक्ष्यमा नजिक रहेका पार्टीहरूसँग पार्टी एकताको लागि हामी सकारात्मक छौं। यसमा विप्लव नेतृत्वको पार्टी प्रमुख प्राथमिकतामा छ।”

हालै माओवादी केन्द्रले समाजवादको आधार तयार गर्न वाम एकता आवश्यक रहेको बताउँदै आएको छ। यसअघि दुबै पक्षबीच चुनावी समन्वय र केही कार्यक्रमहरूमा सहकार्य पनि भएको थियो।

प्रकाशित मिति: १९ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com