काठमाडौं । नेकपा माओवादी केन्द्रले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग पार्टी एकता गर्ने निर्णय गरेको छ।
पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको स्थायी कमिटी बैठकले दुई पक्षबीच एकता प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो।
पार्टीका प्रवक्ता अग्नि सापकोटाले एकता प्रक्रिया सफल बनाउन आवश्यक तयारीसहित वार्ता समिति गठन गर्ने निर्णयसमेत बैठकले गरेको जानकारी दिए।
उनका अनुसार, दुई पार्टीबीच विचार, उद्देश्य र कार्यदिशा मिल्ने आधारमा समायोजन र सहमतिको खाका तय गर्दै औपचारिक छलफल सुरु गरिनेछ।
प्रकाशित मिति: १९ श्रावण २०८२, सोमबार













प्रतिक्रिया