काठमाडौं । केही समयदेखि पोखरामा बस्दै आएका सिन्धुलीका हायू परिवारलाई स्थानीय वडाध्यक्षको जिम्मामा घर फर्काइएको छ।
पोखरा महानगरपालिका–३ स्थित गगनगौंडामा गोविन्दप्रसाद भण्डारीको घरमा बस्दै आएका उर्मिला हायूसहित १९ सदस्यीय परिवारलाई जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा बिदाइ गरिएको हो।
प्रहरी प्रवक्ता तथा डिएसपी हरि बस्नेतका अनुसार, गोलन्जोर गाउँपालिका–६ का वडाध्यक्ष रवीन श्रेष्ठको जिम्मामा परिवारलाई सिन्धुली फर्काइएको हो।
पोखराका मेयर धनराज आचार्यले प्रहरीको उपस्थितिमा उनीहरूलाई बिदाइ गरेका थिए।
उक्त परिवार गोलन्जोर–६ स्थित आफ्नो घर छाडेर अचानक सम्पर्कविहीन बनेपछि खोजीका क्रममा पोखरामा फेला परेको थियो। उनीहरूले घरमा बस्दा जोखिम हुने भन्दै सम्पर्क नगरी बाख्रा, भैसी समेत घरमै छाडेर गएका थिए।
वडाध्यक्ष श्रेष्ठले उनीहरूलाई स्थानीय क्षेत्रमा सुरक्षित स्थानमा राख्ने व्यवस्था मिलाइने बताएका छन्।
प्रकाशित मिति: १९ श्रावण २०८२, सोमबार












प्रतिक्रिया