पोखरा । नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले कांग्रेसले अब आर्थिक क्रान्तिको नेतृत्व गर्नुपर्ने बताएका छन्।

सोमबार पोखरामा आयोजित गण्डकी प्रदेश कांग्रेसको कार्यक्रममा बोल्दै सिंहले कांग्रेसले केवल राजनीतिक परिवर्तन मात्र नभई देशको आर्थिक रूपान्तरणको अगुवाइ गर्न सक्ने सामर्थ्य राख्ने दाबी गरे।

advertisement

“हामीले राजनीतिक परिवर्तनको नेतृत्व गरेका हौँ, अब आर्थिक क्रान्तिको नेतृत्व गर्नुपर्ने आवश्यकता छ,” उनले भने, “कांग्रेससँग गौरवपूर्ण इतिहास छ र देशलाई आर्थिक, सामाजिक रूपले अघि बढाउने क्षमता पनि छ।”

सिंहले पार्टीलाई संस्थागत, अनुशासित र सुदृढ बनाउँदै अघि बढ्नुपर्नेमा आफू निरन्तर जोड दिँदै आएको बताए। उनका अनुसार पार्टीको सशक्त संगठन निर्माणमार्फत मात्र राष्ट्रिय हितमा दीर्घकालीन योगदान दिन सकिन्छ।

प्रकाशित मिति: १९ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com