काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आइतबार १६.४६ अंकले बढेर २,८७५.३६ बिन्दुमा पुगेको छ। यो वृद्धिले नेप्सेमा ०.५७ प्रतिशत सुधार भएको छ।

आज ३२५ कम्पनीका २ करोड ७१ लाख ६९ हजार ७५५ कित्ता शेयर १ लाख ४९ हजार २७४ पटक खरिदबिक्री हुँदा कुल कारोबार १० अर्ब ८२ करोड २४ लाख ४९ हजार रुपैयाँभन्दा बढी पुगेको छ।

advertisement

बैंकिङ, जलविद्युत्, लगानी, जीवन बिमा, लघुवित्त, म्युचुअल फन्ड र व्यापार समूहमा सकारात्मक सुधार देखिएको छ। त्यसमा व्यापार समूह सबैभन्दा धेरै २.८९ प्रतिशतले उकालो लागेको छ। बैंकिङ १.६६, जलविद्युत् ०.२५, लगानी ०.११, जीवन बिमा ०.५०, लघुवित्त ०.५० र म्युचुअल फन्ड ०.०८ प्रतिशतले बढेका छन्।

त्यस्तै, विकास बैंक ०.०६, वित्त ०.८२, होटल तथा पर्यटन ०.३४, उत्पादन तथा प्रशोधन ०.१२, निर्जीवन बिमा ०.५१ र अन्य समूह ०.४५ प्रतिशतले घटेका छन्।

आजको शेयर बजारमा थ्रिस्टार हाइड्रोपावर लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै ६.८९ प्रतिशतले वृद्धि भयो भने ट्रेड टावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको नेप्सेले जनाएको छ।

 

प्रकाशित मिति: १९ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com