काठमाडौं । सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङ (गोले) ले ‘द भ्वाइस किड्स नेपाल’ सिजन ४ का फाइनलिस्ट आयन राईलाई जिताउन सबैमा अपिल गरेका छन्।

मुख्यमन्त्री तामाङले सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै आयनलाई भोट गर्न आग्रह गरेका हुन्। उनले आयनको प्रतिभा, मेहनत र समर्पणलाई समर्थन गर्दै फिनालेमा विजयी बनाउन आफ्नो साथ रहने प्रतिबद्धता जनाएका छन्।

advertisement

मुख्यमन्त्री तामाङसँग आयनका पिता मणिकुमार राईले भेट गरेका थिए। त्यस अवसरमा खिचिएको तस्बिर सार्वजनिक गर्दै मुख्यमन्त्रीले लेखेका छन्, “आज मैले आयन राईका पिता मणिकुमार राईलाई भेटेँ। उनका छोरा आयनले ‘द भ्वाइस किड्स नेपाल’ को फिनालेमा पुगेर सम्पूर्ण सिक्किमवासीका लागि गर्वको क्षण सिर्जना गरेका छन्। उनको समर्पणलाई समर्थन गर्दै आगामी सांगीतिक यात्राका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु। आशा छ, उनले निरन्तर सफलता प्राप्त गर्दै धेरैलाई प्रेरणा दिनेछन्।”

मुख्यमन्त्रीले सबैलाई आह्वान गर्दै लेखेका छन्, “म सबैमा आग्रह गर्दछु कि आयन राईलाई फिनालेमा भोट गरौं र उनको विजय सुनिश्चित गरौं।”

आयन ‘द भ्वाइस किड्स नेपाल’ को सिजन ४ मा कोच मिलन नेवारको टिमबाट प्रतिस्पर्धा गरिरहेका छन्। ग्रान्ड फिनाले आउँदो शनिबार हुने तय भएको छ।

 

प्रकाशित मिति: १९ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com