काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। सोमबार साँझ बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेसँगै नतिजा प्रकाशित गरिएको हो।
बोर्डले नतिजा सार्वजनिक गर्नु अघि आइतबार डेमो परीक्षण गरेको थियो। बोर्डको वार्षिक कार्यतालिका अनुसार साउन १५ भित्र नतिजा सार्वजनिक गरिनुपर्ने भए पनि गत शैक्षिक सत्रमा शिक्षकमहासंघको आन्दोलनका कारण नतिजा ढिलो भएको हो।
गत चैत २० देखि २९ दिनसम्म देशव्यापी शिक्षक आन्दोलन चलेपछि परीक्षा तालिका प्रभावित भएको थियो। प्रारम्भमा ११ वैशाखका लागि तय गरिएको परीक्षा अन्ततः २१ वैशाखदेखि सञ्चालन गरिएको थियो।
परीक्षामा देशभरबाट ५ लाख ११ हजार ५२५ विद्यार्थी सहभागी भएका थिए।
प्रकाशित मिति: १९ श्रावण २०८२, सोमबार












प्रतिक्रिया