काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले सोमबार कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। यो वर्ष अघिल्लो वर्षको तुलनामा ९ प्रतिशतले नतिजा वृद्धि भएको बोर्डले जनाएको छ।
परीक्षा बोर्डका अध्यक्ष महाश्रम अधिकारीका अनुसार, यस वर्ष ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने ३८.८३ प्रतिशत विद्यार्थी ननग्रेड (NG) भएका छन्। अधिकारीले विद्यार्थीहरूको मिहिनेत र अभिभावकको सक्रियताका कारण नतिजामा सुधार आएको बताए।
गत ११ वैशाखका लागि तय भएको परीक्षा शिक्षक आन्दोलनका कारण २१ वैशाखदेखि सुरू भएको थियो। सो परीक्षामा ५ लाख ११ हजार ५२५ विद्यार्थी सहभागी भएका थिए।
बोर्डले ग्रेड वृद्धि परीक्षा आगामी भदौ २८ र २९ गते सञ्चालन हुने जानकारी पनि दिएको छ।
प्रकाशित मिति: १९ श्रावण २०८२, सोमबार













प्रतिक्रिया