काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दीपक खड्काले नेपालमा दिनप्रतिदिन बढ्दो विद्युत मागको सन्दर्भमा सौर्य ऊर्जाको महत्व झनै बढिरहेको बताएका छन्।

नेपाल सौर्य विद्युत उत्पादक संघको रजत जयन्ती समारोहलाई काठमाडौंमा सम्बोधन गर्दै मन्त्री खड्काले सरकारले हालसम्म प्रत्येक घरमा पर्याप्त विद्युत आपूर्ति पुर्‍याउन नसकेको अवस्थामा सौर्य ऊर्जाले प्रभावकारी विकल्पको रूपमा योगदान दिइरहेको उल्लेख गरे ।

advertisement

उनले भने, “जहाँ सरकार सिँचाइ पु-याउन सकेको छैन, त्यहाँ सौर्य ऊर्जाबाट पम्पिङ प्रणालीमार्फत सिँचाइ सम्भव भएको छ। यो सकारात्मक परिवर्तन हो ।”

मन्त्री खड्काका अनुसार, देशमा विद्युतको माग निरन्तर बढ्दो क्रममा रहेको छ भने अर्कातर्फ उत्पादन, पूर्वाधार तथा वातावरणीय चुनौतीहरू पनि बढिरहेका छन्।

उनले विद्युत उत्पादनलाई नागरिकको आय आर्जन र समग्र राष्ट्रिय समृद्धिसँग जोड्दै अघि बढ्न सरकार प्रतिबद्ध रहेको बताए। साथै, सरकारले आगामी १० वर्षमा २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको जानकारी पनि उनले दिए।

अन्त्यमा, उनले वातावरणीय प्रभावका चुनौतीहरूलाई सम्बोधन गर्न सरकार, निजी क्षेत्र र नागरिक समाज सबैको सहकार्य अपरिहार्य भएको स्पष्ट पारे ।

प्रकाशित मिति: २० श्रावण २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com