काठमाडौं । निजामती विधेयक पारित भइसकेपछि कुलिङ अफ पिरियडको सन्दर्भमा गरिएको छेडखानलाई संसदीय छानबिन समितिले गम्भीर त्रुटि भएको ठहर गरेको छ।
जीवन परियारको नेतृत्वमा रहेको संसदीय छानबिन समितिले सर्वसम्मत प्रतिवेदन तयार पारेर आज प्रतिनिधि सभामा पेश गर्दैछ ।
रातभरिको छलफलपछि सर्वसम्मतरुपमा पारित प्रतिवेदनमा संसदले पारित गरेको विधेयकमा गरिएको त्रुटिमा राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडा र सचिव सुरज कुमार दुरालाई नैतिकरुपमा जिम्मेवार ठहर गरेको छ ।
त्यस्तै मुख्य सचिव एकनारायण अर्यालसहितका केही सचिवको भूमिका पदअनुकूल नदेखिएको भन्दै सचेत गराउनुपर्ने सुझाव समेत समितिले दिएको छ । समितिमा नेपाली कांग्रेसका तर्फबाट जीवन परियार र सुशीला थिङ, नेकपा (एमाले) का तर्फबाट नारायणप्रसाद आचार्य र ईश्वरी घर्ती, नेकपा (माओवादी केन्द्र) बाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राप्रपाकी सांसद रोशन कार्की सदस्य छन् ।
प्रकाशित मिति: २० श्रावण २०८२, मंगलबार













प्रतिक्रिया