काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको कक्षा १२ को नतिजामा कुनै पनि विद्यार्थीले जिपिए (GPA) ४ ल्याउन सकेनन् । परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार यस वर्षको परीक्षामा अधिकतम जिपिए ३.९६ मात्र रहेको छ।

बोर्डले प्रकाशित गरेको विवरणअनुसार ३.६१ देखि ४.० जिपिए ल्याउने विद्यार्थीको संख्या १३ हजार ५०२ जना रहेको छ।

advertisement

त्यस्तै,

  • ३.२१ देखि ३.६० जिपिए ल्याउने ५५ हजार ८९६ जना

  • २.८१ देखि ३.२० जिपिए ल्याउने ९४ हजार २६८ जना

  • २.४१ देखि २.८० जिपिए ल्याउने ६९ हजार ८१२ जना

  • २.०१ देखि २.४० जिपिए ल्याउने ८ हजार ९६४ जना

  • १.६१ देखि २.०० जिपिए ल्याउने २३ जना रहेका छन्।

परीक्षा नियन्त्रक शर्माका अनुसार, अघिल्लो वर्षको तुलनामा यस वर्षको नतिजा केही सुधारिएको देखिएको छ। यस वर्ष कुल ६१.१७ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्, जुन अघिल्लो वर्षको ५२ प्रतिशतभन्दा करिब ९ प्रतिशतले बढी हो।

बोर्डका अनुसार नियमिततर्फ ३ लाख ९६ हजार ३४७ र आंशिकतर्फ १ लाख १४ हजार ६४० गरी कुल ५ लाख १० हजार ९८७ विद्यार्थीले परीक्षा दिएका थिए।
तिनमध्ये २ लाख ८४ हजार ३०५ विद्यार्थी ग्रेडेड भएका छन् – जसमध्ये नियमिततर्फ २ लाख ४२ हजार ४६५ र आंशिकतर्फ ४१ हजार ८४० जना छन्।

तर नियमिततर्फ १ लाख ५३ हजार ८८२ जना विद्यार्थी ननग्रेडेड भएका छन्। बोर्डका अनुसार ११ जना नियमित र ६ जना आंशिक परीक्षार्थीको परीक्षा रद्द गरिएको छ।

प्रकाशित मिति: २० श्रावण २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com