काठमाडौं । भिजिट भिसा काण्डबारे छानबिनको माग गर्दै सदन बहिष्कारमा उत्रिएका राप्रपाका सांसद दीपकबहादुर सिंहले नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेको चेतावनीलाई प्रतिवाद गरेका छन्।

मंगलबार प्रतिनिधिसभामा बोल्दै सिंहले घिमिरेको सोमबारको अभिव्यक्तिप्रति प्रतिक्रिया जनाउँदै भने, “हिजो कांग्रेसका प्रमुख सचेतकले सदन बहिष्कार गर्नेहरूको प्रतिवाद गर्छौं भन्नुभएको थियो। तर हामीले संसद मात्र होइन, त्यससँग जोडिएका सबै सेवा-सुविधा पनि बहिष्कार गरिरहेका छौं।”

advertisement

सिंहले भिजिट भिसा प्रकरणमा सरकारको उदासीनता र ठूला दलहरूको मौनताप्रति आक्रोश व्यक्त गरे। उनले भने, “युवाहरूलाई विदेश पठाउने नाममा भिसा प्रकरणलाई दैनिक असुली धन्दाको रूपमा प्रयोग गरिएको छ। जब ती युवाहरू विदेशमा बिचल्लीमा पर्छन्, राज्य जिम्मेवारी लिन तयार हुँदैन। के यस्तै व्यवहारका लागि गणतन्त्र ल्याइएको हो?”

उनले देशमै रोजगारी सिर्जना गर्न नसक्ने र विदेश जान चाहने युवाहरूबाट असुली धन्दा गर्नेहरूलाई उन्मुक्ति दिन खोजिएको भन्दै ती गिरोहमाथि कारबाहीको माग गर्दै उच्चस्तरीय छानबिन समिति गठन गर्न आग्रह गरे।

सिंहले निष्पक्ष र प्रभावकारी अनुसन्धानका लागि संसद्ले तत्काल पहल गर्नुपर्नेमा जोड दिएका थिए।

प्रकाशित मिति: २० श्रावण २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com