काठमाडौं ।  भारतका पूर्वगभर्नर सत्यपाल मलिकको निधन भएको छ। जम्मु कश्मिर, गोवा, बिहार र मेघालय राज्यमा गभर्नरको जिम्मेवारी सम्हालेका मलिकको मङ्गलबार दिल्लीस्थित राम मनोहर लोहिया अस्पतालमा निधन भएको हो। उनी लामो समयदेखि मृगौलासम्बन्धी रोगबाट पीडित थिए।

उनका निजी सचिव केएस राणाका अनुसार मलिकको निधनको जानकारी उनको सामाजिक सञ्जाल एक्स मार्फत सार्वजनिक गरिएको हो।

advertisement

मलिक राजनीतिक रुपमा धेरै पटक चर्चामा आएका थिए। कृषि आन्दोलन, भ्रष्टाचार, तथा अन्य विभिन्न राष्ट्रिय मुद्दामा उनले केन्द्र सरकारको आलोचना गर्दै आफ्ना स्पष्ट धारणा व्यक्त गर्दै आएका थिए। जम्मु कश्मिरमा धारा ३७० र ३५ए खारेज हुँदा मलिक त्यहाँका राज्यपाल थिए। त्यसपछिको पुनर्संरचनापछि जम्मु कश्मिर केन्द्रशासित प्रदेश बनाउँदा उनी उपराज्यपालको रुपमा कार्यरत थिए।

उनको निधनसँगै भारतले एक निर्भीक र सधैं सत्य बोल्ने सार्वजनिक व्यक्तित्व गुमाएको छ।

 

प्रकाशित मिति: २० श्रावण २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com