काठमाडौं ।  साताको दोस्रो दिन सोमबार उकालो लागेको नेप्से परिसूचक मंगलबार भने तीव्र गिरावटसहित बन्द भएको छ। नेप्से मंगलबार ४१.७८ अंकले घटेर २,८३३.५७ विन्दुमा झरेको हो।

त्यस्तै, सेन्सेटिभ इन्डेक्स ६.५१ अंकले, फ्लोट इन्डेक्स २.७७ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स २.२६ अंकले घटेका छन्।

advertisement

कारोबारको हिसाबले पनि अघिल्लो दिनको तुलनामा गिरावट देखिएको छ। सोमबार करिब ११ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा मंगलबारको कारोबार ९ अर्ब ३३ करोड ३९ लाख ८८ हजार रुपैयाँमा झरेको छ। आज कारोबारमा ३२५ कम्पनीका २ करोड २२ लाख ७ हजार कित्ता सेयर खरिदबिक्री भएका छन्।

१३ उपसमूहमध्ये लघुवित्त र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्यरूपमा वृद्धि भएको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ। ‘अन्य’ उपसमूह सबैभन्दा बढी २.७६ प्रतिशतले घटेको छ।

आज समाज लघुवित्त वित्तीय संस्था र उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाका सेयरहरू सकारात्मक सर्किट लेभलमा पुगेका छन्। तर, थ्रि स्टार हाइड्रोपावर को सेयर मूल्य भने १० प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा हिमालयन रि इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ, जसको ३९ करोड २८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

प्रकाशित मिति: २० श्रावण २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com