काठमाडौं । सप्तरीमा मदिरा नियन्त्रण गर्ने क्रममा गएराति प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राजगड गाउँपालिका वडा नम्बर–२ निवासी लालु यादवको रहेको मधेस प्रदेश प्रहरीले जनाएको छ ।

मदिरा भण्डार गरिएको ठाउँमा राती सर्च अप्रेसन चलाउँदा मदिरा तस्करसँग भएको झडपमा प्रहरीले चलाएको गोलीबाट यादवको मृत्यु भएको मधेस प्रदेश प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदीले बताए ।

advertisement

उनका अनुसार सीमा नजिकबाट भारी मात्रामा मदिरा भण्डार गरी तस्करी भइरहेको सूचना आएको थियो, सोही सूचना बमोजिम सर्च अप्रेसन चलाउँदा तस्कर र प्रहरीबिच झडप भएको हो ।

उनीहरुले प्रहरीलाई घेरा हालेर ढुङ्गामुढा प्रहार गर्न थालेपछि आत्म रक्षाको लागि प्रहरीले ७ राउन्ड गोली चलाएको चतुर्वेदी बताउँछन् । जस क्रममा यादवको तिघ्रामा गोली लागि घाइते भएका थिए।

अस्पतालमा उपचारको लागि लैजाने क्रममा बाटोमा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । जिल्लाको राजगड गाउँपालिका वडा नम्बर–२ स्थित नेपाल–भारतको सीमामा सर्च अप्रेसन गर्दा तस्कर र प्रहरीबिच भीडन्त भएको थियो ।

उक्त ठाउँबाट प्रहरीले ८० कार्टुन विभिन्न ब्रान्डको रक्सी बरामद गरेको जनाएको छ ।

 

प्रकाशित मिति: २१ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com