काठमाडौं । अमेरिकाको एरिजोना राज्यस्थित चिन्ले विमानस्थलमा मंगलबार एक मेडिकल ट्रान्सपोर्ट विमान दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।

नवाजो नेशन प्रहरी विभागका अनुसार दुई प्रोपेलर भएको बिचक्राफ्ट ३०० मोडेलको विमान दिउँसो १२ः४० बजे अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो। विमान नवाजो नेशन अन्तर्गतको चिन्ले नगरपालिकास्थित विमानस्थलमा अवतरणका क्रममा खस्दा चढेका सबै चार जना स्वास्थ्यकर्मीको ज्यान गएको प्रहरीले जनाएको छ।

advertisement

दुर्घटनामा ज्यान गुमाउने सबै जना मेडिकल कर्मचारी रहेको अधिकारीहरूले जनाएका छन् । ती कर्मचारी नजिकैको अस्पतालबाट बिरामी लिन गएका थिए।

प्रहरीका अनुसार विमान न्यु मेक्सिकोको अल्बुकर्कस्थित एक कम्पनीको स्वामित्वमा रहेको थियो। कम्पनीले मृतकका आफन्तलाई जानकारी गराइसकेको जनाइएको छ। हालसम्म मृतकहरूको पहिचान सार्वजनिक गरिएको छैन।

 

प्रकाशित मिति: २१ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com