काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) का अध्यक्ष कमल थापाले निजामती सेवा विधेयकमा गरिएको जालसाजी प्रकरणमा एकले अर्कालाई दोष दिँदै पन्छिन नसकिने बताएका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै थापाले संसदीय छानबिन समितिको प्रतिवेदनको आधारमा समितिका सभापति रामहरि खतिवडाले नैतिकताको आधारमा पदबाट राजीनामा दिनुपर्ने बताएका छन्।

advertisement

‘त्रुटि भएको छैन, तर मबाट होइन’ भन्ने खतिवडाको भनाइप्रति प्रत्यक्ष संकेत गर्दै थापाले लेखेका छन्, ‘कुलिङ अफ पिरियडसम्बन्धी जालसाजीमा समितिको प्रतिवेदनलाई हेर्दा स्पष्ट हुन्छ– खतिवडाले पदमा बसिरहनु उचित हुँदैन।’

थापाले समितिका सचिवलाई बर्खास्त गर्नुपर्ने मागसमेत गरेका छन्। साथै, विधेयकको गहिरो अध्ययन नगरी हचुवाको भरमा पारित गर्ने प्रतिनिधिसभाका सदस्यहरूलाई पनि उनले जनतासमक्ष सामूहिक रूपमा माफी माग्नुपर्ने बताएका छन्।

प्रकाशित मिति: २१ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com