काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य १०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ९८ हजार ५०० रुपैयाँ कायम भएको छापावाल सुन बुधबार तोलामा १ लाख ९८ हजार ४०० रुपैयाँ कायम भएको हो ।
यस्तै, चाँदीको मूल्य भने बढेको छ । मंगलबार तोलामा २ हजार २८० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा २ हजार ३०५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: २१ श्रावण २०८२, बुधबार













प्रतिक्रिया