काठमाडाैं । झापाको गौरादह नगरपालिका–४, जोरघरेमा सिँचाइका लागि मोटर चलाउने क्रममा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार ५४ वर्षीया चन्द्रमाया नेम्वाङको करेन्ट लागेर मृत्यु भएको हो। रातको समयमा खेतमा मोटरबाट सिँचाइ गरिरहेकी नेम्वाङ अचानक करेन्ट लागेर ढलेकी थिइन्।
उनलाई लडिरहेको अवस्थामा छोरा सुशीलले देखेपछि तत्काल गाउँलेलाई जानकारी गराएका थिए। घटनापछि इलाका प्रहरी कार्यालय दमकले आवश्यक अनुसन्धान थालेको छ।
यसअघि पनि झापाकै बुद्धशान्ति क्षेत्रमा यस्तै प्रकृतिको घटनामा एक पुरुषको ज्यान गएको थियो।
प्रकाशित मिति: २१ श्रावण २०८२, बुधबार













प्रतिक्रिया