तस्बिर : क्यान

काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि आयोजना हुने मिनी अक्सनका लागि १५० खेलाडीको सर्टलिस्ट सार्वजनिक गरिएको छ। ४५८ जना आवेदकमध्ये छनोट गरिएका यी खेलाडीमध्ये जम्मा ३७ जनामाथि मात्रै फ्रेन्चाइज टोलीहरूले बोली लगाउन पाउनेछन्।

advertisement

नेपाल क्रिकेट संघ (क्यान) को प्राविधिक मापदण्डका आधारमा र सहभागी ८ टोलीको मागअनुसार खेलाडीहरू सर्ट गरिएको हो। सर्टलिस्टमा परेका खेलाडीहरू तीन श्रेणीमा विभाजन गरिएको छ – श्रेणी ‘ए’: ८ जना, श्रेणी ‘बी’: ३५ जना, श्रेणी ‘सी’: १०७ जना छन्।

एनपिएलको पहिलो संस्करणमा अक्सनमार्फत ८८ खेलाडी (मार्की खेलाडीसहित) टोलीमा परेका थिए। तीमध्ये ५१ जनालाई दोस्रो संस्करणका लागि फ्रेन्चाइजहरूले निरन्तरता दिएका छन्। बाँकी रिक्त स्थानहरू पूर्ति गर्न अहिले ३७ खेलाडीको आवश्यकता रहेको हो, जसअनुसार ‘ए’ क्याटगोरीमा ४ जना, ‘बी’ मा २३ जना, र ‘सी’ मा १० जना खेलाडीमा मात्र बोली लाग्नेछ।

अक्सनमा खेलाडीको श्रेणी अनुसार न्यूनतम र अधिकतम मूल्य निर्धारण गरिएको छ।
श्रृेणी ‘ए’: रु १० देखि १५ लाख
श्रृेणी ‘बी’: रु ५ देखि १० लाख
श्रृेणी ‘सी’: रु २ देखि ५ लाख

मिनी अक्सनको मिति र समय भने एनपिएलले चाँडै सार्वजनिक गर्ने जनाएको छ।

प्रकाशित मिति: २१ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com