काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउँदै आएकी शर्मिला वाइबा सोमबार पोखराको लेकसाइडबाट पक्राउ परेकी छन्। उनलाई साइबर अपराधसम्बन्धी मुद्दामा अनुसन्धानका लागि काठमाडौं ल्याइएको साइबर क्राइम ब्युरो स्रोतले जनाएको छ।

यो पक्राउ वैशाखमा उनले दायर गरेको ज्यान मार्ने प्रयासको मुद्दाका प्रतिवादी शर्मिला श्रेष्ठद्वारा दर्ता गराइएको उजुरीपछि भएको हो। श्रेष्ठले वाइबामाथि सामाजिक सञ्जालमार्फत चरित्र हत्या र प्रतिष्ठामा आँच पुग्ने गरी टिकटक आइडी दुरुपयोग गरेको आरोप लगाएकी थिइन्।

advertisement

साइबर क्राइम ब्युरोका अनुसार, वाइबाले श्रेष्ठको टिकटक खाता ह्याक गरी मानमर्दन हुने किसिमका सामग्रीहरू सार्वजनिक गरेकी थिइन् भन्ने आरोपमा मुद्दा दर्ता भएको हो। सो उजुरीका आधारमा जिल्ला अदालत, काठमाडौंबाट वाइबालाई पक्राउ गर्न अनुमति प्राप्त भएको थियो।

गत वैशाख ३ गते वाइबाले काठमाडौं गोठाटारस्थित एक मन्दिरअगाडि फलामको रडले आक्रमण गरिएको दाबी गर्दै प्रहरीमा उजुरी दिएकी थिइन्। सोही उजुरीका आधारमा मकवानपुर निवासी ३५ वर्षीया शर्मिला श्रेष्ठ र भक्तपुर चाँगुनारायण निवासी ४२ वर्षीय कुवेर सिलवाललाई वैशाख १० गते पक्राउ गरिएको थियो।

तर, वाइबाको आक्रमण सम्बन्धी दाबी पुष्टि नहुँदा अदालतले दुवैलाई साधारण तारेखमा रिहा गरेको थियो।

अब भने सोही मुद्दाका प्रतिवादीले उल्टै वाइबाविरुद्ध साइबर अपराधको उजुरी दर्ता गराएका छन्। हाल वाइबा प्रहरीको हिरासतमा रहेकी छन् र आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

(सच्याइएकाे* यसअघि समाचारमा गायिका शर्मिला श्रेष्ठकाे तस्बिर पर्न गएकाले क्षमाप्रार्थि छौं। -सम्पादक)

 

प्रकाशित मिति: २१ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com