काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ को मिनी अक्सनका लागि बुधबार सार्वजनिक भएको अन्तिम सूचीअनुसार ८ जना खेलाडी ‘ए क्याटेगोरी’मा परेका छन्। उक्त सूचीमा युवा खेलाडी आदिल आलम पहिलोपटक समावेश भएका छन्।

‘ए क्याटेगोरी’मा समावेश अन्य खेलाडीहरूमा देव खनाल, पवन सर्राफ, शरद भेषावकर, सुनाम गौतम, दिलिप नाथ, अर्जुन साउद र सूर्य तामाङ छन्।

advertisement

पछिल्लो सिजन चोटका कारण अक्सनमा नपरेका पवन सर्राफ यसपटक पुनः सूचीकृत भएका छन्। त्यस्तै, अष्ट्रेलियामा बसोबास गर्दै आएका सुनाम गौतम अघिल्लो सिजन पोखरा टिममा रहे पनि चोटकै कारण मैदानमा उत्रन सकेका थिए।

शरद भेषावकर पहिलो संस्करणमा चितवन राइनोजबाट खेलेका थिए भने सूर्य तामाङ र अर्जुन साउद लुम्बिनी लायन्समा थिए। देव खनाल कर्णाली याक्स र दिलिप नाथ पोखरा एभेन्जर्सबाट आबद्ध थिए।

एनपीएल अक्सनमा ‘ए क्याटेगोरी’का खेलाडीहरूको न्यूनतम मूल्य १५ लाख रुपैयाँ तोकिएको छ। त्यस्तै, ‘बी क्याटेगोरी’को मूल्य १० लाख र ‘सी क्याटेगोरी’को मूल्य ५ लाख रुपैयाँ निर्धारण गरिएको छ।

एनपीएलको मिनी अक्सन यही शनिबार हुने तय गरिएको छ।

प्रकाशित मिति: २१ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com