काठमाडौं ।  नेपाली कांग्रेस रोल्पाले माओवादीबाट पीडित भएको दाबी गर्दै अमेरिकाजस्ता देशमा आप्रवासनका लागि फर्जी कागजात बनाउने गतिविधिमाथि निगरानी थालेको जनाएको छ।

कांग्रेस रोल्पा सभापति किशोर कुमार आचार्यद्वारा बुधबार जारी विज्ञप्तिमा जिल्लास्तरीय तथा अन्य तहका नक्कली लेटरप्याड, छाप र हस्ताक्षर प्रयोग गरी द्वन्द्वकालीन पीडितको रूपमा देखाउने नक्कली कागजात तयार पारिएको उल्लेख गरिएको छ।

advertisement

विज्ञप्तिअनुसार केही व्यक्तिहरूले आफू नेपाली कांग्रेसको साधारण वा क्रियाशील सदस्य भएको र पार्टीको गतिविधिमा संलग्न रहँदा माओवादीबाट धम्की र दुःख पाएको भन्दै कागजात तयार पारी विदेशी दूतावासहरूमा पेस गर्ने प्रयास गरेका छन्।

“माओवादी पार्टीका कार्यकर्ताबाट धम्की पाएको, ज्यान जोखिममा परेको भन्दै विदेश जानु परेको भनी गलत सिफारिससहित फर्जी विवरण पेश गरिएको जानकारीमा आएको छ,” विज्ञप्तिमा भनिएको छ। कांग्रेसले यस्तो गैरकानुनी गतिविधिबारे गम्भीर चासो व्यक्त गरेको छ।

सभापति आचार्यले विदेशस्थित कांग्रेसका जनसम्पर्क समितिहरूको सहयोगमा सत्य तथ्य पत्ता लगाउने र आवश्यक परेमा नेपालस्थित सम्बन्धित देशका दूतावासमार्फत कूटनीतिक पहल गरिने बताएका छन्।

 

प्रकाशित मिति: २१ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com