काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीले विदेशमा भिजिट भिसाका नाममा नेपालीहरू बेचिनु र उनीहरूको मृत्यु भएपछि लासका रूपमा फर्किनु दुःखद भएको भन्दै गृहमन्त्री रमेश लेखकलाई कडा प्रश्न उठाएकी छन्।

बुधबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद कार्कीले भिजिट भिसाको दुरुपयोग हुँदै आएको उल्लेख गर्दै विदेशमा बेचिएका नेपालीहरू अनेक दुःख सहेर अन्ततः लासको रूपमा स्वदेश फर्किन बाध्य भएको गुनासो गरिन्।

advertisement

“नेपाली दाजुभाइ र दिदीबहिनीहरू लास बनेर स्वदेश फर्किँदा गृहमन्त्रीको मुटु काँप्दैन?” उनले आक्रोशित स्वरमा प्रश्न गरिन्।

सांसद कार्कीले भिजिट भिसाको अवधारणाप्रति आफुहरूको विरोध नभएको स्पष्ट पार्दै भनिन्, “हामी भिजिट भिसाको होइन, त्यसको नाममा भइरहेका आपराधिक गतिविधिहरूको विरोधी हौँ।” उनले भिजिट भिसाको आडमा भइरहेको मानव बेचबिखन र त्यसबाट सिर्जिएको मानवीय संकट तत्काल रोक्न सरकारसँग माग गरिन्।

कार्कीले सरकारले विदेशमा जाने प्रक्रियालाई व्यवस्थित गर्न, नियमन कडाइ गर्न र नेपालीको ज्यान सुरक्षित राख्न प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औंल्याइन्। “नेपालीलाई बेच्न नदिनुहोस्, लास भएर फर्किनुपर्ने अवस्था अब अन्त्य होस्,” उनले जोड दिइन्।

प्रकाशित मिति: २१ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com