काठमाडौं। पाकिस्तानको बलुचिस्तान प्रान्तको मस्तुङ जिल्लास्थित मचाच क्षेत्रमा मंगलबार राति भएको बम विस्फोटमा एक मेजरसहित कम्तीमा तीन जना सुरक्षाकर्मीको ज्यान गएको छ।

स्थानीय कुर्दगाप तहसिलको काली पसंद खान नजिक विस्फोटक पदार्थ राखिएको स्थानबाट पाकिस्तानी सेनाको सवारीसाधन गुज्रिरहेको बेला तीव्र विस्फोट भएको हो। एक उच्च प्रशासनिक अधिकारीका अनुसार अज्ञात समूहले पूर्वनियोजित रूपमा सो क्षेत्रमा विस्फोटक पदार्थ राखेको बताइएको छ।

advertisement

विस्फोटका कारण सेनाको एउटा गाडी पूर्ण रूपमा क्षतिग्रस्त बनेको थियो। सोही गाडीमा सवार एक मेजर र दुई अन्य सैनिकको घटनास्थलमै मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन्। घटनामा अन्य तीन जना सैनिक घाइते भएका छन्।

पाकिस्तानी सेनाको सञ्चार शाखा इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले घटनाबारे विस्तृत जानकारी अझै सार्वजनिक नगरेको जनाइएको छ।

यता, बलुच लिबरेशन आर्मी (बीएलए) ले यस आक्रमणको जिम्मेवारी लिएको दाबी गरेको छ। पछिल्लो समय बलुचिस्तानमा राज्यविरुद्ध हिंसात्मक गतिविधिहरू बढ्दै गइरहेका छन्।

प्रकाशित मिति: २१ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com