काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई ‘तीन अ’ — अतार्किक अडान, आवेग र अराजक शैली — बाट छुटकारा पाउन सुझाव दिएका छन्।

बुधबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै शर्माले रास्वपाले वैचारिक स्पष्टता, संयमित व्यवहार र लोकतान्त्रिक संस्कारको अभ्यास गर्नुपर्ने आवश्यकता औंल्याए।

advertisement

‘रास्वपाका मित्रहरूलाई म सुझाव दिन चाहन्छु, तीन “अ” — अतार्किक अडान, आवेग र अराजक शैली — बाट मुक्त हुनुहोस्,’ शर्माले भने, ‘राजनीति तथ्य र तर्कमा आधारित हुनुपर्छ, उत्तेजना र नकारात्मक शैलीले समाधान दिन सक्दैन।’

उनले रास्वपा सभापति रवि लामिछाने गृहमन्त्री रहेका बेला सबैभन्दा बढी नेपाली नागरिक भिजिट भिसामा विदेश गएका तथ्याङ्क संसदमा प्रस्तुत गरे।

‘पछिल्ला पाँच गृहमन्त्रीको कार्यकालको १५० दिनको तथ्याङ्क हेर्दा, सबैभन्दा धेरै नेपाली भिजिट भिसामा विदेश गएको समय भनेको रवि लामिछानेज्यू गृहमन्त्री भएको समय हो,’ शर्माले उल्लेख गरे।

त्यसकै सन्दर्भ जोड्दै उनले प्रश्न गरे, ‘अब तपाईंहरूको भनाइअनुसार त्यसबेलाका यात्रुहरू बेचिएका हुन्? त्यसो हो भने, तपाईंहरूकै नेतृत्वमा यस्तो भयो भन्ने अर्थ लाग्दैन? मैले होइन, तथ्याङ्कले त्यो देखाउँछ।’

शर्माले सार्वजनिक जीवनमा तर्क, जवाफदेहिता र संयमता आवश्यक रहेको उल्लेख गर्दै, संसदमा राखिएको आशय र अभिव्यक्तिप्रति सन्तुलन कायम राख्न सबै दललाई आग्रह गरे।

प्रकाशित मिति: २१ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com