काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले रास्वपाले रवि लामिछानेको पक्षमा चलाएको हस्ताक्षर अभियानप्रति आपत्ति जनाएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै अदालतलाई दबाब दिनको लागि हस्ताक्षर अभियान चलाएको आशयले बोले।

रास्वपा सभापति रवि लामिछानेलाई कटाक्ष गर्दै भने, ‘केरे केरे अदालतको आदेश मान्दिनँ रे, तिम्रो पिताजीको शासन हो ? केरे केरे कसलाई दबाब दिन खोजेको ? हस्ताक्षरमार्फत यो देशमा अदालतहरूमा वा कसलाई दबाब दिन खोजेको ? एक अदालत होइन हरेक नागरिकले सुन्न जरुरी छ।’

advertisement

उनले सर्वोच्च अदालतले पनि जिल्ला र उच्च अदालतको आदेश दोषी देखेरै सदन गरेको जिकिर गरे।

उनले थपे, ‘कास्की, चितवन, रुपन्देही, काठमाडौं अदालतले कसुर नगरेको भन्न सक्ने अवस्था छैन। तर, अहिले धरौटी त लिन्छौँ पछि ठहर गरेबमोजिम हुन्छ, मिति निर्दोष भन्ने देखिएन। अनि उच्च अदालतले भन्छ तिमीले दोष गरेको भन्ने कुराहरू बढी छन् त्यसैले बाहिर राख्ने अवस्था छैन।’

प्रकाशित मिति: २१ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com