काठमाडौं । जनमत पार्टीले अनुशासनविहीन गतिविधिमा संलग्न सदस्यहरूको पहिचान गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाउने तयारी थालेको छ।

बुधवार एक विज्ञप्ति जारी गर्दै पार्टीले सबै जिल्ला इन्चार्जहरूलाई पार्टीविरुद्ध काम गर्ने व्यक्तिहरूको नाम र विवरण प्रमाणसहित सचिवालयमा पठाउन निर्देशन दिएको हो।

advertisement

पार्टीले बैठकमा उपस्थित नहुने, सामाजिक सञ्जालमार्फत पार्टीविरुद्ध अभिव्यक्ति दिने वा आन्तरिक रुपमा गुट बनाएर असहयोग गर्ने जस्ता क्रियाकलापमा संलग्न सदस्यहरूको सूचीकृत विवरण मागेको छ।

विज्ञप्तिमा भनिएको छ, “अनुशासन उल्लङ्घन गर्नेहरूलाई कुनै पनि पार्टी पद, समिति वा संरचनामा जिम्मेवारी नदिने र भविष्यमा कुनै सुविधा वा लाभ लिनबाट वञ्चित गरिनेछ।”

पार्टीले यस्तो प्रक्रिया ‘अनुशासन सफाइ प्रमाणपत्र’ प्रणाली अन्तर्गत कार्यान्वयन गरिने स्पष्ट पारेको छ। यसमार्फत संगठनभित्र अनुशासन कायम गर्दै आन्तरिक एकता सुदृढ गर्ने लक्ष्य लिइएको जनाइएको छ।

प्रकाशित मिति: २१ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com