काठमाडौं ।  कार्यवाहक प्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले विकास निर्माणका काम जनताको अपेक्षा अनुसार समयमा र गुणस्तरीय रूपमा सम्पन्न गर्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन्।

बुधबार आयोजित स्थानीय पूर्वाधार तथा विकास विभागको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै सिंहले विभागलाई समयमै परिणाम दिने कार्यशैली अपनाउन आह्वान गरे।

advertisement

“विकास निर्माण र पूर्वाधारसँग सम्बन्धित काम समयमै सकियोस् भन्ने जनताको चाहना हो। त्यसअनुसार काम गर्नुपर्छ। मन्त्रालयबाट गर्नुपर्ने सहयोग गर्न तयार छौं,” सिंहले भने।

गत वर्ष विभागको समग्र प्रगति ६५ प्रतिशतमा सीमित रहेको भन्दै उनले असन्तुष्टि जनाए। “विगतका कमजोरीहरूलाई समीक्षा गरेर नयाँ वर्षमा उल्लेखनीय सुधार ल्याउनुपर्छ,” उनले स्पष्ट पारे।

कार्यवाहक प्रधानमन्त्री सिंहले चालू आव २०८२/८३ मा विभागले गर्ने योजनाहरू समयमै प्रारम्भ गरी प्रभावकारी रूपमा सम्पन्न गर्न पनि निर्देशन दिए। उनले विकट स्थानमा निर्माण भइरहेका झोलुंगे पुलदेखि सडक तथा प्रशासकीय भवनहरूसमेत समयमै सक्नुपर्नेमा जोड दिए।

कार्यक्रममा मन्त्रालयका सचिव गोपाल सिग्देलले कतिपय आयोजनामा दोहोरोपन (duplication) रहेको भन्दै प्रदेश र स्थानीय तहसँग समन्वय गरेर योजना कार्यान्वयन गर्न निर्देशन दिए।
विभागका महानिर्देशक महेशचन्द्र न्यौपानेले कार्यक्रमको क्रममा आर्थिक वर्ष ०८१/८२ को वार्षिक प्रगति रिपोर्ट प्रस्तुत गरेका थिए।

प्रकाशित मिति: २१ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com