एजेन्सी ।  भारतको गुजरात राज्यमा आहारा खाइरहेको सिंहलाई जिस्काउँदै भिडियो बनाउने एक युवकलाई स्थानीय अदालतले जेल चलान गरेको छ। भाइरल हुन खोज्दा युवकलाई अब वन्यजन्तु संरक्षण ऐनअनुसार कानुनी दायरामा ल्याइएको छ।

गुजरात वन विभागका अनुसार पक्राउ पर्ने युवक ३२ वर्षीय गौतम सियाल हुन्, जो भावनगर जिल्लाको तल्ली गाउँका बासिन्दा हुन्।

advertisement

भर्खरै सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा सियाल सिंहको अत्यन्तै नजिक पुगेका थिए। उनी पुग्नासाथ सिंह केही सेकेन्डका लागि झम्टिए पनि उनी जोगिएका थिए। तर, घटनाले गम्भीर सुरक्षा जोखिम पैदा गरेको भन्दै वन विभागले कारबाही अघि बढाएको हो।

सियाललाई भारतीय वन्यजन्तु संरक्षण ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको छ। ऐनअनुसार यस्तो अपराधमा दोषी ठहरिए अधिकतम सात वर्ष कैद र न्यूनतम २५ हजार भारु जरिवानाको सजाय हुन सक्छ।

क्षेत्रुन्जी वन्यजन्तु डिभिजनका सहायक वन संरक्षक भागीरथसिंह झालाका अनुसार घटना बाम्बोर र तल्ली गाउँको सीमामा भएको हो। “हामीले घटनास्थलको पुनर्निर्माण गरिसकेका छौँ र सियालले आफ्नो गल्ती स्वीकार गरेका छन्,” उनले जानकारी दिए।

सियालको पेशा खेतीपाती र पशुपालन भए पनि सामाजिक सञ्जालमा भाइरल हुन जोखिमपूर्ण कार्य गरेको वन अधिकारीहरूको भनाइ छ।

प्रकाशित मिति: २१ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com