काठमाडौं । एएफसी यू–२० महिला एसियन कप फुटबल छनोट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले आयोजक भुटानसँग बराबरी खेलेको छ ।

थिम्पुमा बुधबार साँझ भएको खेलमा नेपाल र भुटानबीच १–१ गोलको बराबरी भएको हो । पहिलो मिनेटमा नेपालले गोल गरे पनि अग्रता जोगाउन नसक्दा भुटानसँग बराबरी भएको हो ।

advertisement

भुटानले १८ औं मिनेटमा गोल गर्दै नेपालको अग्रता बराबरी बनाएको थियो । नेपाल रहेको समूह ‘ए’मा आयोजक भुटान, साउदी अरेबिया र पूर्व च्याम्पियन उत्तर कोरिया छन् ।

बंगलादेशमा गत जुलाईमा भएको साफ यू–२० महिला च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको थियो । त्यसबेला नेपाल घरेलु टोली बंगलादेशसँग दुवै खेलमा पराजित भएको थियो ।

 

प्रकाशित मिति: २२ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com