काठमाडौं । नयाँ शक्ति पार्टी (नेसपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई आज रास्वपा सभापति रवि लामिछानेलाई भेट्न भैरहवा कारागार जाने भएका छन्।
लुम्बिनी प्रदेशमा आयोजना गरिएको दुईदिने पार्टी प्रशिक्षण कार्यक्रममा सहभागी हुन भैरहवा पुगेका डा. भट्टराईले आज बिहान १०:३० बजे कारागारमै पुगेर लामिछानेसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ।
सहकारी ठगी प्रकरणमा मुछिएर पुर्पक्षका लागि थुनामा राखिएका रवि लामिछाने हाल भैरहवा कारागारमा रहेका छन्।
प्रकाशित मिति: २२ श्रावण २०८२, बिहिबार













प्रतिक्रिया