बुटवल । नयाँ शक्ति पार्टी नेपाल (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले बिहीबार भैरहवा कारागार पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेट गरेका छन्।
भट्टराईले कारागारमा लामिछानेसँग वैकल्पिक शक्ति, सुशासन र समृद्धिका विषयमा कुराकानी भएको जानकारी दिएका छन्। उनले लामिछानेप्रति सद्भाव रहेको र जनप्रतिनिधिका हैसियतले भाग्ने सम्भावना नरहेको बताएका छन्।
भट्टराईले अदालतको फैसलाबारे टिप्पणी नगर्ने भन्दै लामिछानेमाथिको अभियोग हालसम्म पुष्टि नभएको पनि उल्लेख गरे।
नेसपा लुम्बिनी प्रदेशले आयोजना गरेको दुई दिने प्रशिक्षण कार्यक्रममा सहभागी हुन भैरहवा आएका भट्टराईले कारागारमा पुगेर भेट गरेका हुन्। उक्त भेटबारे नेसपाका केन्द्रीय सदस्य पङ्कज राईले जानकारी दिएका छन्।
प्रकाशित मिति: २२ श्रावण २०८२, बिहिबार













प्रतिक्रिया